site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मुम्बईमा रेड अलर्ट

काठमाडौं । भारतीय मौसम विज्ञान विभागले भारतको आर्थिक केन्द्र मुम्बईमा भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ । लगातार दोस्रो दिन मुम्बईमा भारी वर्षा भएको बताएको छ । 

कोलाबा तटीय वेधशालाले आइतबार र सोमबार बिहान १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरेको छ । रेलहरूमा पानी जम्मा भएका कारण मुम्बईमा रेलहरूको आवागमन आंशिक रूपमा प्रभावित भएको छ । 

सिन्ह्वा/न्युज एजेन्सी नेपाल  
 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्