site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा अध्यक्ष दाहालले भेटे प्रधानमन्त्री

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । मंगलबार (भदौ ३१) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेट गर्दै उनले प्रधानमन्त्री कार्कीलाई कार्यकाल सफलताको शुभकामना दिएका हुन् । 

उनीहरूबीच देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो । दाहालले राष्ट्रियसभाको काम–कारबाही, अवस्था र नयाँ बानेश्वरस्थित संघीय संसद् भवन तथा सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका उनको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने बताइन् । वर्तमान राष्ट्रिय संकटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्