काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस गरिएकी डा. संगीता कौशल मिश्राले पद तथा गोपनीयताको शपथ लिन नपाउने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज (असोज ६) चारजनाको मात्र शपथ हुने राष्ट्रपतिको कार्यालयलाई जानकारी गराएको छ ।
योसँगै राष्ट्रपतिको कार्यालयले चार मन्त्रीको शपथ गराउने गरी तयारी अघि बढाएको छ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा. मिश्रालाई आइतबार (असोज ५) स्वास्थ्यमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । तर, उनीविरुद्ध भ्रष्टाचारको उजुरीमा छानबिन भइरहेको विवरण सार्वजनिक भएपछि तत्काल नियुक्ति अघि नबढाउन राष्ट्रपतिको कार्यालयलाई आग्रह गरिएको थियो ।
यसरी ‘ब्रेक’ लागेकी डा. मिश्रा मन्त्री बन्न रोकिने संकेत देखिएको छ ।