site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
यूएईमा दुई महिनामा ५१ नेपालीले गुमाए ज्यान
फाइल तस्बिर ।

काठमाडौं । खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्लो दुई महिनामा ५१ जना नेपालीको मृत्यु भएको छ । 

यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ५१ जनाको मृत्यु भएको हो । ०८२ साउनमा ३२ र भदौमा १९ जना नेपालीको मृत्यु यूएईमा भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा यूएईमा ६२ जना नेपालीले ज्यान गुमाएका थिए । 

नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । 

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्