site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘जेनजी’ले दबाब सिर्जना गरेर निर्वाचन प्रणाली सुधार गर्नुपर्छ : बाबुराम

काठमाडौैं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पद छाडेका नेता डा. बाबुराम भट्टराईले आउँदो फागुन २१ गतेको निर्वाचनअघि नै सरकारसँग वार्ता गर्न ‘जेनजी’लाई सुझाव दिएका छन् । बिहीबार (असोज ९) काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नभएसम्म देशमा स्थिरता नहुने बताए ।

“अबको निर्वाचन पुरानै प्रणालीअन्तर्गत गरियो भने फेरि पुरानै शक्ति आउने खतरा रहन्छ । त्यसैले जेनजी पुस्ताले दबाब सिर्जना गरेर प्रणाली सुधार गर्नुपर्छ,” भट्टराईले भने, “मैले त संविधानसभाको बेलादेखि नै आधा गिलास भरि, आधा खाली भन्दै आएको छु । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद् नभएसम्म देशमा स्थिरता हुँदैन ।”

उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले हालकै प्रणालीमा जित्ने अवस्था नभएसम्म निर्वाचन नै हुन नदिने जिकिर समेत गरे । “सकेसम्म उनीहरूले नजित्ने बेलासम्म गर्दै गर्दैन । गरे यही प्रणालीबाट गर्छन्,” उनले भने ।

उनले यी तीन दल सुध्रने सम्भावना नै नरहेको टिप्पणी गरे ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्