site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डको प्रस्तावमा जनार्दनको असहमति, पदाधिकारीले राजीनामा दिनुपर्ने माग (पूर्णपाठ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा असहमति जनाएका छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार (असोज ९) उनले आफ्नो प्रस्ताव प्रस्तुत गरेका हुन् ।

शर्माले पेस गरेको प्रस्तावमा उल्लेख छ, “जेनजी विद्रोहबाट अझ मुखरित भएर उठेको पहिलो विषय भ्रष्टाचार, कमिसनतन्त्र, दलतन्त्र, नेतातन्त्र, दलालीतन्त्र र परिवारकै कारणले देश अघि बढ्न नसकेको भन्ने एउटा निष्कर्ष हो भने दोस्रो विषय राजनीति दशकौँसम्म निश्चित व्यक्तिको हातमा रहिराख्ने कुराले उत्पन्न गरेको संकट अर्थात् नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पुनर्गठनको कुरा हो ।”

उनले अगाडि भनेका छन्, “गम्भिर एजेन्डामा यथोचित सम्बोधन हुन नसक्दा निम्तिएको जनधनको नोक्सानी र विध्वंसको सामना गर्नुपर्ने स्थिति मात्र नभएर दशकौँको संघर्ष र बलिदानबाट निर्मित संविधान पनि मूर्च्छित अवस्थामा छ ।”

राष्ट्रको रक्षा, स्वाधीनता र अखण्डताको संरक्षणका निम्ति सबै एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिएका छन् । “यति बेला राष्ट्रियता संकटमा छ । राष्ट्रको रक्षा, स्वाधीनता र अखण्डताको संरक्षण आजको प्राथमिकताको विषय बनेको छ,” उनको प्रस्तावमा उल्लेख छ, “यसका लागि सिंगो देशभक्त नेपाली जनता, राजनीतिक दलहरू तथा वर्तमान सरकार र सबै एकताबद्ध भएर लाग्नुको विकल्प छैन ।”

उनले पार्टी महाधिवेशनको मिति घोषणासँगै प्रचण्डसहित धेरै वर्षदेखि एउटै पदमा रहँदै आएका सबै पदाधिकारीले एकसाथ राजीनामा दिनुपर्ने माग गरेका छन् ।

हालका अध्यक्ष तथा सबै पदाधिकारीले एक निर्देशक कमिटीका रूपमा काम गर्ने गरी संयन्त्र बनाएर अन्तरिम विधान बनाई अगाडि बढ्न पनि उनले प्रस्ताव गरेका छन् । 

प्रचण्डले पार्टीको विशेष महाधिवेशनका निम्ति आफ्नै संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने यसअघि पदाधिकारी बैठकमा प्रस्ताव पेस गरेका थिए । केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्तावमाथि सदस्यले धारणा राखिरहेका छन् ।

जनार्दन शर्माको प्रस्ताव पढ्नोस्–

j1-(9)-1758798700.jpgj1-(8)-1758798716.jpgj1-(7)-1758798730.jpgj1-(6)-1758798746.jpgj1-(5)-1758798761.jpgj1-(4)-1758798776.jpg

j1-(3)-1758798794.jpgj1-(2)-1758798951.jpg
j1-(1)-1758798828.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्