site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धमिलो पानीमा माछा मार्ने काम भयो : दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ दाहालले हाल राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता संकटमा रहेको बताएका छन् । शनिबार (असोज ११) काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बेलामा विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा राखे ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायको मुद्दासहित १८ महिना सरकार सञ्चालन गरेको जिकिर गरे । तर, केपी शर्मा ओली नेतृत्वको सरकारका कारण जनतामा निराशा बढेको उनले बताए ।

नेता दाहालले जायज माग लिएर सडकमा उत्रिएका युवापुस्तामाथि तत्कालीन सरकारले बर्बर दमन, पाशविक हत्या गरेको र ‘जेनजी’ आन्दोलनको पहिलो दिनमै २१ जनाले ज्यान गुमाउनुपरेको उल्लेख गरे ।

जेनजी पुस्ताले कुनै पनि अपराध कर्म गर्नै नसक्ने उनले बताए । उनले आन्दोलनका क्रममा धमिलो पानीमा माछा मार्ने काम भएको टिप्पणी गरे ।

असहमतिका बाबजुद पनि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई माओवादीको समर्थन रहेको उनले बताए । तोकिएको समयभित्रै निर्वाचन गरिनुपर्नेमा उनले जोड दिए ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली माओवादीको माग रहेको बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्