site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुमनाको टिप्पणी– युनिफर्ममा विद्यार्थीलाई गोली हानेको मतलब छैन, उजुरी गर्नेमाथि तुरुन्त जाइ लाग्ने
फाइल तस्बिर ।

काठमाडौं । नेतृ सुमना श्रेष्ठले विद्यार्थी संगठनप्रति टिप्पणी गर्दै दलीय भातृ संगठन खारेज हुनुपर्ने बताएकी छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै दलीय भातृ संगठन– चाहे त्यो विद्यार्थीको होस्, प्रशासनको, प्राध्यापकको वा शिक्षकको खारेज गर्नुपर्ने बताइन् । 

"युनिफर्ममा भएको विद्यार्थीलाई गोली हान्यो– मतलब छैन विद्यार्थी संगठनलाई । तर, गोली चलाऊन आदेश दिने दलको प्रमुखमाथि उजुरी गर्‍यो तुरुन्त जाइ लाग्यो," उनले लेखेकी छन्, "यसैले दलीय भातृ संगठन– चाहे त्यो विद्यार्थीको होस्, प्रशासनको, प्राध्यापकको वा शिक्षकको खारेज गर्नुपर्छ ।"

उनले सम्मानित पेसालाई सम्मानित रहन दिन र विद्यार्थीलाई विद्यार्थी रहन दिन आग्रह गरिन् ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्