राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले खास उद्देश्यले काम गरिरहेको आरोप लगाएका छन् ।
बिहीबार (असोज २३) पार्टीको भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको एक कार्यक्रममा उनले आफूसहितका नेताको पासपोर्ट रोक्ने निर्णय गरेर तमासा गरिएको बताए ।
‘सुशीला कार्कीको डरले केपी ओली गुटुटु भाग्छ ?’ भन्दै उनले प्रश्न गरे ।
“उहाँ सुरिनुभो । २३ गते जेनजी भनेर उत्रिनुभयो । चुनाव गराउने भन्ने त राष्ट्रपतिले तोकिएको मेन्डेड हो । उहाँहरू के गर्दै हुनुहुन्छ ?,” उनले भने ।
भिडियो हेर्नोस–
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२ १३:३५
प्रतिक्रिया दिनुहोस्