राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमिकतामाथि हमाला भइरहेको बताएका छन् ।
बिहीबार (असोज २३) भक्तपुरको गुन्डुमा आयोजित एक कार्यक्रममा उनले विभिन्न शक्तिहरू पछि सरेर ‘जेनजी’का नाममा आगो लगाइएको बताए ।
“राप्रपाले उधुम मच्चाउन खोज्यो, केही गर्न सकेन । अहिले आफू पछि बसेर, पेट्रोल जेनजीले फ्याँकेको हो ? आगो जेनजीले लगाएको हो ? आगो कसले लगाएको देखिएको छ ?,” उनले भने ।
उनले राष्ट्रको संरचना ध्वस्त गर्ने कार्य क्षम्य हुन नसक्ने बताए ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२ १३:४२
प्रतिक्रिया दिनुहोस्