site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत शाहीले देश बनाउन माग गरेका अभियन्ताहरूलाई पक्राउ गरिएको बताए ।

बिहीबार काठमाडौंको माइतीघरमा आन्दोलन गर्न पुगेका निकोलस भुसालसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

"माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल सरकारले रिहा गर्नुपर्छ । उनीहरूको माग भनेको ८४ को चुनाव ८२ मा गर्नका लागि होइन, यो देश बनाउनका लागि हो," उनले फेसबुकमा भनेका छन् ।

देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द, भ्रष्टाचारीलाई हदैसम्म कारबाही गर्न, नेपाली झन्डामुनि बसेर राष्ट्रिय एकता कायम गर्नका लागि उनीहरू सहिद भएको उनको भनाइ छ ।

 

 

 

 

 

 

 

उनले ७६ जना युवाहरूको ज्यान जानु र ५०० जनाभन्दा बढी घाइते हुनु कुर्सी परिवर्तनका लागि मात्र नभएको उल्लेख गरे ।

शाहीद्वारा सरकारसामु मागहरू

शाहीले अभियन्ताहरूको बलिदान र सङ्घर्ष निम्न मागहरू पूरा गर्नका लागि भएको बताएका छन्:

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

प्रदेश संरचना खारेज

संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द

भ्रष्टाचारीहरूलाई हदैसम्म कारबाही गर्न र सर्वस्व हरण गर्न

नेपाली झन्डामुनि बसेर राष्ट्रिय एकता कायम गर्न

शाहीले यी मागहरू सरकारले पूरा गर्नुपर्ने बताउँदै यदि माग पूरा नभए देशभरि फेरि आन्दोलन हुने चेतावनी दिएका छन् । उनले भनेका छन्, "अब परिवर्तन भएरै छाडिन्छ, सम्झौताका नाममा धोका दिन पाइँदैन ।"

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्