site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शशांकले भने– महामन्त्रीले नै नियमित महाधिवेशनको प्रस्ताव राख्नुभयो

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महामन्त्री गगन थापाले नियमित महाधिवेशनको प्रस्ताव राखेको बताएका छन् ।

बिहीबार (असोज २३) पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको छ । बैठकबाट बाहिरिएका उनले पार्टीमा विशेष महाधिवेशनको विषय सकिएको बताए ।

महामन्त्री थापाले नै बैठकमा नियमित महाधिवेशनको प्रस्ताव गरेको भन्दै उनले विशेषको चर्चा व्यर्थ रहेको उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्