site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा सचिवालय बैठक आज
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (असोज २४) पनि बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल गरिनेछ ।

साथै, सद्भाव यात्रा, विस्तारित बैठकका एजेन्डा, विपद् व्यवस्थापनमा पार्टीको भूमिकाका विषयमा छलफल गरिनेछ ।

रास्वपाको सचिवालय बैठक यही असोज २२ गते पनि बसेको थियो । आजको बैठक त्यसकै निरन्तरता हो ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्