site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिले डाके सर्वदलीय बैठक
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । राजनीतिक दलहरूमा देखिएको अविश्वास घटाउन र निर्वाचनको वातावरण बनाउन राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

बैठकमा अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई समेत बोलाइएको छ ।

सरकार गठन भएको एक महिना पुग्दासमेत प्रधानमन्त्रीले दलहरूसँग छलफल गरेकी छैनन् । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा भएको छ । तर, सरकारले राजनीतिक दलहरूसँग छलफल गरेको छैन ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्