site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति पौडेलले कात्तिक तेस्रो साता कतारको भ्रमण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक तेस्रो साता कतारको भ्रमण गर्ने भएका छन् । उनको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले सुरु गरेको छ । 

“कतारका अमिर शेख तमिम बिन हमद अल थानीले राष्ट्रपतिलाई कतार भ्रमणको निम्तो पठाउनु भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो, “राष्ट्रपतिको कतार भ्रमणको प्रारम्भिक तयारी सुरु भएको छ ।”
 
कतारका अमिरले आउँदो कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने संयुक्त राष्ट्रसंघको ‘सामाजिक विकासका लागि दोस्रो शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेललाई निम्तो पठाएका हुन् ।
 
कतारका अमिरको निम्तो पाएपछि परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरेको हो । मन्त्रिपरिषद्ले राष्ट्रपतिको कतार भ्रमणका सम्बन्धमा निर्णय गर्न भने बाँकी रहेको स्रोतले जनायो ।
 
कतारका अमिर अल थानीले सन् २०२४ को अप्रिल २४ देखि २५ सम्म नेपालको राजकीय भ्रमण गरेका थिए । उनको नेपाल भ्रमणमा नेपाल र कतारबीच थुप्रै समझादारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्