site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय मुक्ति पार्टीले चुनाव र जेनजी आन्दोलनबारे छलफल गर्दै

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलगायत विषयमा छलफल थालेको छ । अहिले जारी भर्चुअल केन्द्रीय कार्यकारिणी समितिको बैठकमा जेनजी आन्दोलनका विषयमा पनि छलफल भइरहेको पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

“बैठकमा जेनजी आन्दोलन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । साउन ३१ देखि भदौ ६ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णयको कार्यान्वयनको समीक्षा पनि बैठकले गर्नेछ,” उनले बाह्रखरीसित भने ।

यस्तै, पार्टीको संगठन विस्तार, पार्टी एकता, मोर्चा र गठबन्धनको विषयमा पनि बैठकमा छलफल हुने झा बताउँछन् ।

जेनजी आन्दोलनपछि फागुन २१ गतेका लागि निर्वाचनको मिति तय भएसँगै दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्