site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपति अस्पतालमै, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ । जेनजी प्रतिनिधिलाई भेटवार्ताका लागि राष्ट्रपति पौडेलले शनिबार निवासमा बोलाएका थिए ।

तर उनको स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।  हिजोदेखि भर्ना भएका उनको स्वास्थ्यमा सुधार देखिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । चिकित्सकलाई उद्धृत गर्दै राष्ट्रपतिको स्वास्थ्यमा सुधार भएको कार्यालयले जनाएको हो ।

अस्पतालले पनि शनिबार विज्ञप्तिमार्फत् स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको उल्लेख गरेको थियो ।

“सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ । हाल सम्माननीयज्यूको स्वास्थ्य परीक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौँ,” अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्