site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नयाँ नीति र कार्यक्रमका साथ अघि बढ्ने नेकपाको रणनीति
फाइल तस्बिर ।

काठमाडौं । नयाँ नीति र कार्यक्रम अघि सार्ने गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार सुरु बैठकमा जेनजीको आन्दोलनपश्चात सिर्जित अवस्थामा कसरी अघि बढ्नेलगायत विषयमा छलफल सुरु भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । 

उनले बाह्रखरीसित भने, “बैठकले नयाँ नीति र कार्यक्रमलाई अघि बढाउने छ । सुशासन, भ्रष्टाचारविरुद्ध भन्दै जेनजीको आन्दोलन भए पनि अहिलेको अन्तरिम सरकारले केही गर्न सकेको छैन ।”

सरकारको अहिलेको अवस्था हेर्दा देश खतरामा पुग्ने संकेत देखिएको उनको भनाइ छ । उनले भने, “विदेशी शक्तिले नियुक्त गरेको सरकारले नेपाली जनताको हितमा काम गर्न सकेको छैन ।” 

अहिलेको सरकार खारेज गरेर अन्तरिम व्यवस्थासहितको उत्पीडित जातजाति समेटेर सरकार बन्नुपर्ने उनको भनाइ छ । राजनीतिक दलबिनाको सरकार सम्भव नरहेको भन्दै उनले अहिलेकै सरकारले चुनाव गराउन नसक्ने पनि दाबी गरे । 

देशविरुद्ध विदेशी शक्तिले षडयन्त्र गरेको नेपाल कम्युनिस्ट पार्टीको ठहर रहेको प्रवक्ता प्रकाण्डको भनाइ छ । केन्द्रीय समिति बैठक पर्सी मंगलबारसम्म चल्नेछ । 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्