site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिसँग छलफल गर्दै ‘जेनजी’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग आज (असोज २७) ‘जेनजी’ प्रतिनिधिले छलफल गर्दै छन् । अन्तरिम मन्त्रिपरिषद् विस्तार, आफूहरूका माग पूरा हुन नसकेको बारेमा उनीहरूले राष्ट्रपति पौडेलसँग छलफल गर्न लागेका हुन् ।

गएको शनिबार (असोज २५) राष्ट्रपति पौडेलसँग जेनजीले वार्ता गर्ने भनिएको थियो । तर, उनी बिरामी परेकाले वार्ता हुन सकेको थिएन । त्यसपछि वार्ता आजका निम्ति निर्धारण गरिएको थियो ।

आज राष्ट्रपति भवन शीतलनिवासमा जेनजी प्रतिनिधिसँग छलफल हुने बताइएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्