काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहमतिहरूलाई थाती राखेर एकताबद्ध हुन नेताहरूलाई आह्वान गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा देउवाले देशमा संकट उत्पन्न भएको अवस्थामा समूहगत द्वन्द्व, असमति सबैलाई थाती राखेर एकताबद्ध हुनुपर्ने बताएका हुन् ।
“नेपाली कांग्रेसको एकता आजको आवश्यकता हो । देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्रो बीचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाती राखेर देशलाई साक्षी राखेर एकताबद्ध हुनुपर्दछ,” उनले भने ।
“अहिले हाम्रो बीचमा व्यक्तिगत वा समूहगत रुचि–अरुचि, हित–अहित वा लाभहानिका सबै विषय गौण हुन्,” उनले भने ।
उनले विषयवस्तुमा व्यापक छलफल गरेर एकमतका साथ निर्णयमा पुगेर ठोस ढंगले निर्णय कार्यान्वयन गर्न आग्रह गरे ।