राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले राजनीतिमा निकै आरोह–अवरोह व्यहोरेको बताएका छन् ।
मंगलबार (असोज २८) सानेपामा बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनले भने, “म लोकतन्त्रमा होमिँदा अहिलेको जस्तो सरल र सहज अवस्था थिएन । धेरै खालका दुःख, कष्ट, जेलनेल खाएर आएको व्यक्ति हुँ । सांसद, मन्त्री, प्रधानमन्त्री वा नेपाली कांग्रेसको सभापति हुने ध्येयका साथ राजनीतिमा लागेको पनि होइन । मन, वचन र कर्ममा एकै उद्देश्य थियो– राष्ट्र, राष्ट्रियता र लोकतन्त्र ।”
मुलुकमा संकट उत्पन्न हुँदा सधैँ देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको उनले बताए । जीवन रहँदासम्म देश र जनताका निम्ति समर्पित रहने उनको भनाइ थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२ १५:२९
प्रतिक्रिया दिनुहोस्