site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपीन जोशीको निधनप्रति सभामुख घिमिरेद्वारा दुःख व्यक्त
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली विद्यार्थी विपीन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । जोशीको निधनले केवल उनको परिवारलाई मात्र नभइ सम्पूर्ण नेपाली समाजलाई गहिरो पीडा दिएको बताए ।

"इजरायलमा अध्ययनरत रहँदा हमासको आक्रमणपश्चात् अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले अत्यन्त दुःखी र मर्माहत बनाएको छ । जोशीको निधनले केवल उहाँको परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई गहिरो पीडा दिएको छ," सभामुख घिमिरेले भने । 

घिमिरेले विपीनको जीवन रक्षाका लागि अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विशेष पहल गरिदिन अनुरोध गरेको स्मरण गरे । "विपीनको जीवन रक्षाका लागि अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेख्दै विशेष पहल गरिदिन अनुरोध गरेको थिएँ," उनले भने । 

उनले जोशीको आत्माको चिरशान्तिको कामना गर्दै परिवारप्रति समवेदना व्यक्त गरे ।

 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  २१:४१
प्रतिक्रिया दिनुहोस्