site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी भटमास नकिनेको भन्दै ट्रम्पले चीनलाई दिए खाने तेल आयात रोक्ने चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध खाने तेल (कुकिङ आयल) र अन्य उत्पादनहरूमा व्यापार अन्त्य गर्ने चेतावनी दिएका छन् ।
 
ट्रम्पले चीनले जानाजान अमेरिकासँगको भटमास खरिद रोकेर अमेरिकी किसानहरूलाई नोक्सान पुर्‍याइरहेको आरोप लगाएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भने, “मेरो विश्वास छ, चीनले जानाजान हाम्रो सोयाबिन खरिद गरिरहेको छैन । र, हाम्रा किसानहरूलाई समस्यामा पारिरहेको छ । यो एउटा आर्थिक आक्रमण हो ।”

उनले अगाडि लेखेका छन्, “अमेरिकाले अब चीनबाट कुकिङ आयल र अन्य उत्पादनहरूको व्यापार अन्त्य गर्ने विचार गरिरहेको छ । हामी आफैँ सजिलै कुकिङ आयल उत्पादन गर्न सक्छौँ । हामीलाई चीनबाट खरिद गर्न आवश्यक छैन ।”


अमेरिका र चीनबीच व्यापारिक तनाव लगातार बढिरहेको बेला ट्रम्पको यो भनाइ आएको हो । हालै दुबै देशले एकअर्काका ढुवानी कम्पनीहरूमा अतिरिक्त पोर्ट शुल्क लगाएका छन्, जसका कारण वाल स्ट्रिट (अमेरिकी सेयर बजार)मा गिरावट देखिएको छ ।

ट्रम्पको भनाइ सार्वजनिक भएलगत्तै लगानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् । त्यसलगत्तै प्रमुख अमेरिकी सेयर सूचकांहरूमा गिरावट आएको थियो । 
 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्