काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले संसद् विघटनको विषयमा पार्टीले पहिले नै वक्तव्य निकालिसकेकाले सभामुखले बोलाएको बैठकमा नगएको बताए छन् ।
“संसद् विघटनको विषयमा हामीले वक्तव्य निकालिसकेका छौँ । त्यही वक्तव्यमा हाम्रो पार्टीको धारणा स्पष्टरूपमा आइसकेको छ,” उनले भने, “पार्टीको सचिवालय बैठक पनि छ, त्यसैले बैठकमा नगएका हौँ ।”
सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाका लागि अदालत जाने अथवा नजाने भन्ने विषयमा आज ११ राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् । उक्त छलफलमा रास्वपाका प्रतिनिधि सहभागी छैनन् ।
घिमिरेले छलफलका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) , जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टीलाई उनले छलफलमा बोलाएका थिए ।
सभामुख घिमिरेले दलहरूलाई संसद् विघटनका विषयमा पार्टीको आधिकारिक धारणा लिएर आउन आग्रह गरेका थिए ।