site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देश प्रतिक्रान्तितर्फ धकेलियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको बताएका छन् । देश बर्बादीतर्फ धकेलिएको उनको भनाइ छ । 

“अरुभन्दा बढी प्रहारको निशाना भएका छौँ । हामीले नराम्रो काम गरेर, नीति नराम्रो भएर हामीमाथि प्रहार भएको हो ? होइन, हाम्रो नीति राम्रो भएर हो,” ओलीले आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा भने, “अरुले सिमाना, स्वाधीनताका कुरा बोल्न नपर्ने । एमालेले मात्रै किन बोल्नपर्ने ?” 

राष्ट्रिय हित गर्दा, राष्ट्र हितमा अडान लिँदा र राष्ट्रिय स्वाभिमानको कुरा गर्दा एमालेमाथि प्रहार भइरहेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्