site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार चुनाव गराउने बाटोमा छैन, उल्टो बाटो हिँड्दै छ : ओली

काठमाडौं । नेकपा (एमाले)ले सरकार चुनाव गराउने बाटोमा अग्रसर नरहेको जनाएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार केन्द्रीय समिति बैठकमा पेस गरेको प्रस्तावमा भनिएको छ, “राजनीतिक दलहरूसँग संवाद गर्नुको साटो उनीहरूलाई निषेध गर्ने काम गरिरहेको छ । सरकार उल्टो बाटो हिँडिरहेको छ ।”

सरकारले चुनावको वातावरण बनाउन गर्नुपर्ने न्यूनतम काम पनि नगरेको अध्यक्ष ओलीले बताए ।

“सरकारको आडमा बसेर पुराना राजनीतिक दलहरूलाई बाहिर निस्कनै नदिने, चुनावमा भागै लिन नदिने, मुद्दा लगाइदिने, जिते पनि परिणाम खारेज गर्ने जस्ता उत्तेजक र निषेधकारी धम्की दिने विभिन्न विवादास्पद पात्रहरूलाई संरक्षण र दुरुत्साहन गरिरहेको छ,” प्रतिवेदनमा भनिएको छ ।

नेताहरूको राहदानी रद्द गर्ने, उनीहरूलाई स्थान हद गर्ने, सभा जुलुस, र्‍यालीजस्ता कार्यक्रमलाई नियन्त्रण गर्ने र अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउनेजस्ता गतिविधिले सरकार निर्वाचनको वातावरण बनाउन उन्मुख नरहेको अध्यक्ष ओलीको दाबी छ ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्