site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । 

आयोगले छलफलका लागि बिहान साढे ११ बजे दलहरूलाई बोलाएको छ । आगामी निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई बोलाएको हो । छलफल आयोगको कार्यालयमा हुनेछ । 

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्