काठमाडौं । ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का निम्ति कथा आह्वान गरिएको छ । शुक्रबार (असोज ३१) काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो ।
बाह्रखरी मिडियाले यो वर्षदेखि विगतका वर्षभन्दा पुरस्कार राशि बढाएको जनाएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । यो पुरस्कार राशि विगतका वर्षहरूमा भन्दा बढी हो ।
संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।
कथा लेखनको सम्वर्धन र प्रवर्धनमा बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । “नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा कात्तिक ३० गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्नेछ,” विज्ञप्तिमा उल्लेख छ, “नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्नेछन् ।”
थप तस्बिर हेर्नोस्–

-1760696196.jpg)




-1760696260.jpg)
-1760696259.jpg)
-1760696259.jpg)
-1760696258.jpg)
-1760696258.jpg)

-1760697501.jpg)
-1760697500.jpg)
-1760697500.jpg)
-1760697500.jpg)
-1760697500.jpg)
-1760697499.jpg)
-1760697499.jpg)
-1760697498.jpg)
-1760697498.jpg)