site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चामा आबद्ध दल छिट्टै एकता घोषणाको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् वामपन्थी एकता आवश्यक रहेको बताएका छन् । शनिबार (कात्तिक १) पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र र यसमार्फत जनताका मुद्दा सफल पार्न बृहत् वामपन्थी एकता आवश्यक रहेकामा उनले जोड दिए । उनले समाजवादी मोर्चामा आबद्ध दलहरू छिट्टै एकता घोषणाको तयारीमा रहेको पनि बताए ।

देश, राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरणका निम्ति मुलुकभित्रका सबै वामपन्थी मिल्नुको विकल्प नभएको उनको भनाइ थियो ।

उनले देशमा यति ठूलो संकट यसअघि कहिल्यै नदेखिएको पनि बताए ।

कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–
संघीय लोकतान्त्रिक गणतन्त्र र योमार्फत जनताका मुद्दा सफल पार्न हामी एकातिर बृहत् वामपन्थी एकताको आवश्यकता महसुस गरेका छौँ । हामी समाजवादी मोर्चामा आबद्धहरू छिट्टै एकता घोषणाको तयारीमा छौँ । त्यतिले मात्रै पुग्दैन । देशमा सबै वामपन्थी शक्तिहरू देशको रक्षाको निम्ति, राष्ट्रिय स्वाधीनता रक्षा र सुदृढीकरणको निम्ति, हामीले भनेका छौँ– राष्ट्र यति ठूलो संकटमा पहिले कहिल्यै हामीले देखेनौँ । यति ठूलो संकटमा छ यति बेला । यो राष्ट्रिय संकट, राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति राष्ट्रिय एकता अनिवार्य छ । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्