राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज (कात्तिक २) पत्रकार सम्मेलन गर्दै छन् । दिउँसो १ बजे ललितपुरमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पछिल्ला घटनाक्रम, ‘जेनजी’ प्रदर्शनपछिको स्थिति, संसद् पुनर्स्थापना, सरकारका गतिविधिलगायत विषयमा उनले पत्रकार सम्मेलनमा बोल्नेछन् ।
अध्यक्ष ओलीले सरकार निर्वाचन गराउन गम्भीर नरहेको, संसद् पुनर्स्थापना हुनुपर्ने, वर्तमान सरकार असंवैधानिक रहेको जिकिर गर्दै आएका छन् । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२ ०९:०७
प्रतिक्रिया दिनुहोस्