site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने बताएका छन् । मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनीतिकरण निर्मूल पार्नुपर्ने उल्लेख गरे । त्यसको लागि सुरुआतमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्ने उनको भनाइ छ । बोर्ड अफ ट्रष्टी गठन गरेर विश्वविद्यालयको कुलपति छान्ने व्यवस्था गर्न आवश्यक रहेको बताए ।

त्यसको लागि कानुन संशोधन गर्नुपर्ने उनले बताए । तर, हाल कानुन संशोधन गर्न नसकिने र अध्यादेश पनि ल्याउन नमिल्ने उनको भनाई छ । यद्यपि, विश्वविद्यालय सुधारको लागि केही मस्यौदाहरू तयार गरिरहेको उनले जानकारी दिए ।

समयमा नै परीक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयको अनुदान रोकिने उनको भनाइ छ । न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्