site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दल र जेनजीबीच छलफल हुने बारेमा कुरा उठेको थियो : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका नेता रेशमलाल चौधरीले निर्वाचन सम्पन्न गराइ मुलुकलाई शान्तिमय बनाउनेबारेमा छलफल भएको बताएका छन् । मंगलबार प्रधानमन्त्रीसँगको सर्वदलीय छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

सबै राजनीतिक दलहरू निर्वाचन गराउनुपर्नेमा स्पष्ट रहेको उल्लेख गरे । विषम परिस्थितिमा निर्वाचन हुन नसक्ने आशंका राजनीतिक दलहरूको रहेको बताए । 

राजनीतिक दलहरूबाट पनि त्रुटि भएको र त्यसलाई समाधान गर्नेतर्फ जानुपर्नेमा जोड दिइएको उनको भनाइ छ । उनले छलफल सौहद्रपूर्वक र सकारात्मक रहेको बताए । राजनीतिक दल र जेनजीबीच छलफल हुनेबारेमा पनि कुरा उठेको बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्