काठमाडौं । युगान्डाको प्रमुख राजमार्गमा दुई बस एकापसमा ठोक्किँदा कम्तीमा ६३ जनाको मृत्यु भएको छ । धेरैजना घाइते भएका प्रहरीले बुधबार जनाएको छ ।
राजधानी कम्पालाबाट उत्तरी युगान्डाको प्रमुख सहर गुलुतर्फ जाने राजमार्गमा स्थानीय समयानुसार मध्यरातको केही समयपछि यो दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार, विपरीत दिशाबाट आइरहेका दुई बसका चालकले अरू सवारीसाधनलाई ‘ओभरटेक’ गर्ने प्रयास गर्दा आपसमा ठोक्किएका थिए । कुल चार सवारीसाधन दुर्घटनामा परेका थिए ।
प्रहरीको विज्ञप्तिमा भनिएको छ, “एक बस चालकले ठक्करबाट जोगिन कोसिस गर्दै गाडी घुमाए, तर यसले गर्दा अगाडि र साइड दुवैतर्फबाट ठक्कर भएको थियो, जसले गर्दा अरू सवारीसाधनहरू नियन्त्रण गुमाएर धेरैपटक पल्टिएका थिए ।”