site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार शीतलनिवासमा स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त बब्लु गुप्ताले राष्ट्रपतिबाट शपथ लिएका हुन् ।

यसअघि, मन्त्री नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरिएको थियो । तर, खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ अन्तिममा आएर रोकिएको थियो ।

सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई भूमि सुधारमा सिफारिस गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १५:२४
प्रतिक्रिया दिनुहोस्