site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारी सुरक्षाबिना केन्द्रीय कमिटी बैठकस्थल पुगे माधव नेपाल (तस्बिरसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो पूर्ण  बैठक आज सुरु हुँदै छ । बैठक कात्तिक १४ गतेसम्म सुकेधारास्थित मिराकल भेन्यूमा चल्नेछ ।

बैठकमा भाग लिन अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरू बैठक स्थलमा पुगेका छन् ।

अध्यक्ष नेपाल सरकारी सुरक्षाबिनै बैठकस्थलमा देखिएका छन् । सरकारले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालका सबै सुरक्षाकर्मी फिर्ता गरेको छ ।

उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।

हेर्नुहोस् तस्बिर

Madhav-Nepal-(4)-1761718656.jpeg

Madhav-Nepal-(2)-1761718655.jpeg

Madhav-Nepal-(1)-1761718655.jpeg

Madhav-Nepal-(5)-1761718656.jpeg

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्