काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता प्रमेश हमालले पार्टी एकताको विरोध गरेका नेताहरूलाई जवाफ दिएका छन् । सुकेधारामा जारी केन्द्रीय समिति बैठकमा उनले पार्टीका नेताहरूसँग शब्दशब्दमा छलफल गरिएको बताए ।
वार्ता समितिका सदस्य समेत रहेका हमालले बैठकमा भने, “एकताको सम्पूर्ण कुरा जानकारी छ । सांगठनिक संरचनाका बारेमा जानकारी छ । नेताहरूले ढाँटेर कुरा गर्नुभयो । एक–एक कुरामा जानकारी गराएर वार्ता भएको छ । शब्द–शब्दमा छलफलमा भएर नै डकुमेन्टमा राखिएको हो ।”
बैठकमा महासचिव घनश्याम भुसालले पार्टी एकताको प्रक्रियामा आफू सुरुआतदेखि नै नरहेको बताएका थिए । महासचिव भुसाल र सम्मानित नेता झलनाथ खनाल माओवादीसँग पार्टी एकता गर्ननहुने पक्षमा उभिएका छन् ।