site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
२७ वर्षीय ‘जेनजी’ बने नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष
निर्वाचन आयोगमा पार्टीको कागजात बुझाउँदै संरक्षक रेशम चौधरी । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । २७ वर्षीय ‘जेनजी’ कविर सोब नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष बनेका छन् । सोबको अध्यक्षतामा ४५ संस्थापक सदस्यसहित यो दल दर्ताका निम्ति बिहीबार (कात्तिक १३) निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

सीके राउतको जनमत पार्टी त्यागेका अब्दुल खान यो दलको संस्थापक वरिष्ठ उपाध्यक्ष बनेका छन् । पार्टीभित्र परिवारवाद लादेको भन्दै खानले असोज २ गते जनमत त्यागेका थिए । 

नागरिक उन्मुक्ति पार्टी, नेपालको संरक्षकमा रेशमलाल चौधरी छन् । गएको भदौ २९ गते चौधरीले यो पार्टीको घोषणा गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्