site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन् : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको टिप्पणी गरेका छन् । रुपन्देहीमा शुक्रबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भ्रष्टाचारीलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताए । 

उनले आफूले सदनमा धेरै पहिलादेखि बंगलादेशको अविगत भोग्नुपर्ने चेतावनी दिँदा कसैले नसुनेको गुनासो गरे । जनतालाई सत्य कुरा बुझाउनुपर्ने जरुरी रहेको उल्लेख गरे ।

उनले भने, "अहिलेका जुन विकराल परिस्थिति छ, भ्रष्टाचारीलाई स्वीकारेर पठाउने जनता नै हुन् । अहिलेको परिस्थितिमा राजनीतिक दलका नेता मात्रै जिम्मेवार छैनन् । मैले बंगलादेशको हविगत व्यहोर्नुपर्छ भनेर मैले भनेको थिएँ । सत्य कुरा जनतालाई बुझ्न समय लाग्छ । हाम्रा पनि कमी कमजोर थिए होलान् । जनतासँग हामीले पनि बुझाउनुपर्ने हुन्छ ।"

उनले राजनीतिक दलहरूले आफ्नो स्वार्थका लागि विदेशी मुलुकको मुद्दा बोक्ने गरेको आरोप लगाए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्