site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
झलनाथले भने– अब नयाँ पार्टी बनाउँछौँ, तानाशाही रूप देखियो
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूहरूले नयाँ पार्टी बनाउने बताएका छन् । शुक्रबार साँझ सकिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले एकलौटी रूपमा पार्टी एकताको निर्णय सुनाएर बैठक सकेको भन्दै नयाँ हिसाबले चल्ने बताएका हुन् । 

उनले नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता गर्ने निर्णयमा आफू असहमत रहेको बताए । बाह्रखरीको संक्षिप्त कुराकानीमा बैठकको अन्त्यमा बोल्न खोज्दा माइक काटिएको बताए । 

“मैले असहमति प्रकट गरिसकेको छु । मैले बोल्न खोज्ने बित्तिकै षड्यन्त्रमूलक ढंगले माइक काटियो । तानाशाहीको घिनौना रूप देखाएर बैठक अन्त्य भयो,” उनले भने । 

उनले असमति छ कि भनि नसोधी बैठक सकेकोमा आक्रोश पोखे । “निर्णय गर्ने बेलामा तानाशाहरूको तरिका यस्तै हुन्छ । आफू बोलेपछि बैठक सकियो भनेर हिँड्यो । अरुको मत के छ भन्ने कुरा हुन्छ नि,” उनले भने । उनले ३० पेजको फरक मत राखेको बताए ।

अब कसरी अघि बढ्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, “कानुनी कुरा अनुरुप भए उनीहरू (माधव)ले अन्त्य गरेपछि यहीँ पार्टी बनाउँछौँ । तर, नयाँ पार्टी बनाउँछौँ ।”

हो–हल्लापछि माधव नेपालले सचिवालयलाई जिम्मा लगाएर सकेका थिए बैठक

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्