site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हो–हल्लापछि माधव नेपालले सचिवालयलाई जिम्मा लगाएर सकेका थिए बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हो–हल्लाका बीच बैठक सकेका छन् । शुक्रबार साँझ सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा केन्द्रीय कमिटीको बैठकमा नेपालले निर्णय सुनाउँदा होहल्ला भएको थियो । 

“बैठकमा निर्णय सुनाउँदा होहल्ला भयो । हल्लाखल्ला भएपछि अध्यक्षले बाँकी प्रक्रियाको जिम्मा सचिवालयलाई भन्दै बैठक सकेर निस्कनुभयो,” एक केन्द्रीय सदस्यले भने । 

सम्मानित नेता झलनाथ खनालले आफूले बोल्न खोज्दा माइक काटिएको बताए । तथापि, आफूले असमति प्रकट गरेको उनले बताए । “मैले असहमति प्रकट गरिसकेको छु । मैले बोल्न खोज्ने बित्तिकै षड्यन्त्रमूलक ढंगले माइक काटियो । तानाशाहीको घिनौना रूप देखाएर बैठक अन्त्य भयो,” उनले भने । 

प्रक्रियागत, प्राविधिक निर्णय गर्ने जिम्मा सचिवालयलाई दिइएको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । “माओवादी केन्द्र लगायतका राजनीतिक दलसँग पार्टी एकता गर्ने । त्यो एकताको सम्पूर्ण प्रक्रिया कसरी अघि बढाउने भन्ने अधिकार सचिवालयलाई प्रत्यायोजन गरिएको छ,” उनले भने

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्