site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लिङदेन र राणालाई शाहीले भने– गुटको भेला बन्द गर्नुहोस्

काठमाडौं । राप्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आन्तरिक विवाद बढेको देखिएको छ । अध्यक्ष राजेन्द्र लिङदेन र नेता धवलशमशेर राणाबीच विवाद बढ्दै जाँदा त्यसले पार्टीभित्रै असन्तुष्टि बढाएको छ ।

लिङदेन र राणाबीच विवाद बढ्दै गएको भन्दै नेता ज्ञानेन्द्र शाहीले गुट–उपगुटको भेला नगर्न दुवै नेतालाई आग्रह गरेका छन् । “राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन होस् वा पार्टी महामन्त्री धवलशमशेर राणा होस्, यसरी गुट–उपगुटका भेला तत्काल बन्द गर्नुहोस्,” शाहीले मंगलबार फेसबुकमा लेखेका छन् ।

शाहीले वर्तमान अवस्थामा राष्ट्रवादीहरू फुट्ने नभई जुट्ने बेला रहेको उल्लेख गरेका छन् । मिल्न नसक्नेलाई युवाको भविष्य बर्बाद गर्ने अधिकार नरहेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्