राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितका दलको एकताको विपक्षमा रहेका नेता झलनाथ खनाल एकता सम्मेलनमा पुगेका छन् ।
बुधबार खनाल भृकुटीमण्डपमा जारी १० दलको एकता सभामा पुगेका हुन् । खनालले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालले एकता गर्दा विरोध जनाएका खनाल अहिले सोही मञ्चमा छन् ।
खनालले मंगलबार साँझ मात्रै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२ १३:५७
प्रतिक्रिया दिनुहोस्