site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवाद निर्माणमा प्रवेश नगरेकाले जेनजी आन्दोलन भयाे : वामदेव गौतम

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले समाजवाद निर्माणमा प्रवेश नगरेकाले नै जेनजी आन्दोलन भएको बताएका छन् । 

भृकुटीमण्डपमा जारी एकता राष्ट्रिय सम्मेलनमा उनले समाजवाद मात्रै भनेर नहुने बताए । “समाजवाद निर्माणमा प्रवेश नगरेकाले जेनजी आयो । समाजवादी क्रान्ति मात्रै भनेर हुँदैन । कस्तो किसिमको क्रान्ति स्पष्ट भन्नुपर्छ । तबमात्र कमरेडहरूलाई काँधमा बोकेर हिँड्न सक्छु,” उनले भने । 

संविधानमा लेखिएको लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवाद लागु गर्नुपर्ने उनको भनाइ छ । गौतमले समाजवाद झोलामा मात्रै बोकेर हिँडेर नहुने बताए । उत्पादनमा आधारित कम्युनिस्ट पार्टी निर्माण हुनुपर्ने बताए । गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्