site stats
बाह्रखरी :: Baahrakhari
विदेश
फारबेसगञ्जको चुनावी सभामा मोदीले भने- बिहारमा विकासको बाटो खुल्यो

विराटनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहारको फारबेसगञ्जमा चुनावी सभालाई सम्बोधन गर्दै बिहारमा 'जंगली राज' सकिएको टिप्पणी गरेका छन् ।

फारबेसगञ्ज विराटनगर–रानी नाकाबाट करिब १७ किलोमिटर दक्षिणमा अवस्थित छ । मोदीको आगमनलाई ध्यानमा राख्दै बिहानैदेखि विराटनगर–जोगबनी नाकामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

मैथिली भाषामा सम्बोधन सुरु गर्दै मोदीले आफू प्रधानमन्त्रीको हैसियतमा नभई 'परिवारको सदस्य'को रूपमा आएको बताए । जनताको विश्वासका लागि सरकारले निरन्तर काम गरिरहेको उनको दाबी छ ।

पहिलो चरणको बिहार विधानसभा चुनावको सन्दर्भमा आयोजित सभामा हेलिकोप्टरमार्फत पुगेका मोदीले फारबेसगञ्जसहित बिहारका विभिन्न स्थानमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विगतमा बिहार माओवादी प्रभाव र भ्रष्टाचारले ग्रस्त रहेको बताउँदै मोदीले अब राज्यमा स्थायित्व र विकासको बाटो खुल्दै गएको दाबी गरे । मोदीले १९९० को दशकमा राष्ट्रिय जनता दल (आरजेडी) को शासनकाललाई 'जंगलराज'को संज्ञा दिँदै त्यस अवधिमा बिहार पछाडि परेको बताए ।

नेपाल-भारत सीमामा मोदीको भ्रमणका कारण सुरक्षा सतर्कता बढाइएको भारतीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्