site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी कांग्रेस सभापति भन्छन्– महामन्त्रीद्वयले नै पार्टीको छवि बिगार्दै छन्

काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रैबाट गलत भाष्य निर्माण गर्दा जनता र कार्यकर्तामा अन्योल बढेको बताएका छन् ।

बिहीबार संस्थापन पक्षको नियमित महाधिवेशन पक्षधरले बत्तीसपुतलीमा आयोजना गरेको दबाब भेलामा सहभागी हुन पुगेका थापाले केन्द्रीय महामन्त्रीद्वयले जनतामा पार्टीको छवि बिगार्ने काम गरिरहेको आरोप लगाएका हुन् ।

"कसैले प्रमाणित गरिदिनुस्, ग्यारेन्टी दिनुहोस्– हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर । हामी राजीनामा दिन तयार छौँ । भोट कसले हाल्छन् कसले हाल्दैनन् भनेर ठेक्का लिइदिने को छन् ?," सञ्चारकर्मीहरूसँग सभापति थापाले भने ।

उनले नेतृत्व परिवर्तनको स्वाभाविक समय भएकाले कार्यकर्तामा देखिएको आकांक्षालाई सम्मान गर्नुपर्ने पनि बताए ।

"मुलुक खरानीमाथि छ । पहिले मुलुकलाई यसबाट मुक्त गरौँ," उनले भने, "चुनावबाट प्रतिनिधिसभा आएपश्चात् संविधानमा देश सही दिशामा हिँड्छ ।"

अहिलेका लागि राष्ट्रको हित प्राथमिक भएको भन्दै उनले पार्टी जीवनको सुधार त्यसपश्चात् गर्न सकिने तर्क गरे ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्