राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट विद्रोह गरेका रामकुमारी झाँक्री, किसान श्रेष्ठको समूहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको छ । बिहीबार (कात्तिक २०) झाँक्री, श्रेष्ठले एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेलसँग भेट गरेका हुन् ।
दुई नेताले संयोजन गरेर अरु केन्द्रीय सदस्यहरूलाई एमाले प्रवेश गराउने तयारी भएको छ ।
आगामी कात्तिक २४ गते राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर एमाले फर्कने गरी कुराकानी भएको नेताहरूले जनाएका छन् । झाँक्री र श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरेर एमाले फर्कन चाहेको सन्देश दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२ १६:३७
प्रतिक्रिया दिनुहोस्