site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रेम आले भन्छन्– नेताको ढोका चहार्न गएको छैन
फाइल तस्बिर ।

काठमाडौं । पूर्वसांसद प्रेम आलेले तत्काल कुनै पार्टीमा नलाग्ने भएका छन् । नेकपा (एकीकृत समाजवादी) लगायतका १० घटकबीच एकता हुँदा नदेखिएका आले तत्काल कुनै पार्टीमा नजाने बताएका हुन् । 

बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एकीकृत समाजवादीका केही नेताले एकतामा जान फोन गरे पनि आफू तत्काल कतै जाने मनस्थितिमा नरहेको जनाए । 

“अहिले केही छैन, माधव नेपालको पार्टी मैले अगाडि नै छाडिसकेको थिएँ,” उनले भने, “जेनजी आन्दोलनपछि संसद् विघटन भएको बेलामा कुनै पार्टीका नेताको ढोका–ढोकामा चाहार्न गएको छैन ।”

हाल आफू सुदूरपश्चिमका नेता तथा कार्यकर्तासँग निरन्तर संवादमा रहेको जनाए । “म सरसल्लाहमै छु । सुदूरपश्चिमका कार्यकर्ता साथीसित सरसल्लाह गरिराखेको छु,” उनले भने, “अहिले म स्वतन्त्र भन्दा हुन्छ । ‘पर्ख र हेर’को अवस्थामा छु ।”

उनले निवर्तमान सांसद धनबहादुर बुढा पनि साथमै रहेको रहेको जानकारी दिए ।

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्