site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वर्णिम वाग्लेको दाबी– केही समयपछि देशको बागडोर रास्वपाले सम्हाल्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले केही समयपछि देशको बागडोर रास्वपाले सम्हाल्ने दाबी गरेका छन् । चितवनको सौराहामा शुक्रबारबाट सुरु भएको विस्तारित बैठकमा वाग्लेले अब आफूहरूले विचार, योजना र सिद्धान्तमै टेकेर जनतालाई प्रेरित गर्नुपर्ने बताए ।

उनले संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए । अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ ।

"संघीय निर्वाचन घोषणा भइसकेको छ । त्यसको तयारी पनि हामीले अब घनिभूत ढंगले गर्नुपर्नेछ । १२० दिनभन्दा कम छ । त्यसकै सेरोफेरोमा निर्वाचनको तयारीका लागि पनि विचार, योजना र सिद्धान्तमै टेकेर हामीले जनतालाई प्रेरित पार्नुछ, प्रेरणा दिनुछ । अबको केही समयपछि देशको कालखण्डको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले नै सम्हाल्ने छ," उनले भने ।

न्युज एजेन्सी नेपालबाट ।

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्