site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
घनश्याम भुसाल चुनिए संयोजक
घनश्याम भुसाल । फाइल तस्बिर ।

काठमाडौं । तत्कालीन नेकपा (एकीकृत समाजवादी)का ६७ केन्द्रीय सदस्यले नेता घनश्याम भुसाललाई संयोजकका रूपमा चयन गरेका छन् । शनिबार (कात्तिक २२) जुम बैठक गरी उनलाई संयोजक तोकिएको हो ।

उनको नेतृत्वमा आउँदो मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरिएको एक नेताले जानकारी दिए ।

भुसाल तत्कालीन एकीकृत समाजवादीका महासचिव थिए । एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र)सहितका दल/समूह एक भएर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ । त्योसँगै एकीकृत समाजवादी अस्तित्वमा नरहेको ठानिएको छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्