site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महेश बस्नेत र सुधन गुरुङबीच सवालजवाफ

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेत र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङबीच सवालजवाफ भएको छ । शनिबार (कात्तिक २२) बेलुका सामाजिक सञ्जालमा उनीहरूबीच सवालजवाफ भएको हो ।

बस्नेतले शनिबारै बसेको राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी बैठकबाट गुरुङको नागरिकताका विषयमा सरकारले एक हप्ताभित्र सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरिएको उल्लेख गरे ।

“...यदि सरकारले समयमै स्पष्टता नल्यायो भने युवासंघले आफैँ छानबिन गरेर कानुनी प्रक्रिया अघि बढाउने निर्णय देशप्रेमको उदाहरण हो,” बस्नेतले फेसबुकमा लेखेका छन् ।

उनले ‘जेनजी’ आन्दोलनका नाममा गरिएको हिंसा र ध्वंसमा जिम्मेवार व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने संघको माग सही र आवश्यक कदम भएको पनि जनाए । शनिबार बेलुका ६ः४२ बजे उनले यो पोस्ट गरेका थिए ।

पोस्टको तल गुरुङले जवाफ फर्काए । उनले सुरुमा ‘थ्यांक यु माई डिएर महेश ब्रो’ लेखे । त्यसपछि उनले आफ्नो १० पुस्ते निस्केपछि नागरिकता बस्नेतको निधारमा टालिदिने प्रतिक्रिया दिए । बेलुका ८ः५० बजे उनले प्रतिक्रिया पोस्ट गरेका थिए । गुरुङले आफ्नो यही प्रतिक्रिया फेसबुक पोस्टमा पनि सेयर गरेका छन् ।

गुरुङ ‘जेनजी’ अभियन्ताका रूपमा देखिएका छन् । उनी आफू जेनजी होइनन् । तर, उनले जेनजीलाई सहयोग, मागनिर्देशन र अन्तरिम सरकार गठन, सञ्चालनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

जेनजी आन्दोलनपश्चात् सामाजिक सञ्जालमा एमाले – खासगारी बस्नेत र गुरुङबीच तिक्तता देखिएको छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ०६:२१
प्रतिक्रिया दिनुहोस्